दशै कि दस्सा ?

२०५९ सालको दसैं दैलैमा आएर ढोका ढक्ढकाउना थली सकेको थियो, गाउँका सबै जना किनमेल गर्न सदर्मुकाम धाउन थलिसकेका थिए। नयाँ लुगा, मासु र भात्, टिका, पैसा (दक्षिना), पिङ इत्यादी के अनी कस्तो होला उत्साहित थिए। जिबाले भन्नुभो “के गाँठे, सुन जस्तो छ कपडा त, किनी सद्धै छैन” दादालाई र मलाई एक एक जोर सर्ट र पाइट किनेर ल्याइदिनुभा रैछ, भोली पल्ट गाउँकै दमैलाई घरमै बोलाएर पिडिमा कपडा सिलाउन लगाइयो, “सानो बाउसाब्, यता आइबक्स्योस् त हजुर, कपडा नाप्न पर्‍यो” दमै दाईको बोलिमा छुटै मिठस् थियो ।

दशै सुरु भयो, ब्यनै नौ बजेतिर मख्लो गाउँको दमै दाई ट्यम्को (पञ्चे बाजामा पर्ने एउटा बाजा) बजाउदै गाउँ भरीको घर डुल्थ्यो आनी पछी सबैको घरबाट खसिको पुच्छर लिएर जन्थ्यो, त्यस्तै खसिको करङ्, ह्यक्लो पनि लिन आउथ्यो आन्या सना जतिहरु। जिबा जिमा जातभातको र धर्मको मामिलामा निकै सचेत, सचेत के भन्नु आन्धबिस्वासी हुनुहुन्थ्यो, सानो जातले छोएको भाँडाकुँडा घाम्मा सुकएर सुन पानी छर्केर आझै कैले त आगोको कोइला झ्वँइय पारेर मात्र घर भित्र छिराउनु हुन्थ्यो, किन त्यसो गरेको भनेर सोध्यो भने त्यस्तै गर्न पर्छ तिमीहरु पनि त्यस्तै गर्नु भन्नु हुन्थ्यो। घर भित्रको भन्चामा कुखुरा पाकेको कैल्यै थाहा भएन, आन्डा पनि पकाउन दिनु हुन्थेन, कैले कै पूजा गरेको कुखुरा पकाउन बहिर आँगनमा चुलो ढुङो लगाउन पर्ने हुन्थ्यो। जिबा भन्नु हुन्थ्यो ” तिमीहरुले ब्रतबन्ध गरे पछी कुखुरा खान त परै जओस छुन सम्मा हुँदैन ।” आफुलाई कुखुरा को मासु पर्लै मन पर्ने, ब्रतबन्धा गरेपछि खान पैदैन भनेर चिन्ता लाग्थ्यो, कुखुरा धरि नपक्ने भन्चामा राँगो, सुँङुर्, जाँड्, रक्सी बन्ने त कुरै आएन ………..

सप्तमीको दिन बर्सै पिच्छे भागवतिको मन्दिरमा निम पूजा गरिन्छ, पूजा गर्दा कुखुरा, परेवा, बोका आदिको बली दिइन्छ। बिहानै उठेर जिमाले ठिक्का पर्नु भएको फुलपति अक्षेता त भेटी बहिर निक्लियो आनी भले समत्न थल्थिम्, कैले कै त एक दुई घण्टा सम्मा भले समत्न सकिदैन थियो, खल् खाली पसिना निकाल्देर नुहाएको जस्तै बनाइदिन्थ्यो बज्याँ भालेले। जिमाले बिहानै खोर बाट निकालेर डोको ले थुन्दिनुभा रैछ त्यो पली चै, बज्याँ डोको भित्रैबाट कुखुरिलाई जिस्काउदै थियो, च्याप्प समातेर खुट्टा धोइदिए, जुइनले (खुट्टा बन्न प्रयोग हुने डोरी) ट्यप्प खुट्टा बाँधेर काखी च्याप्दै लागियो भले पूजा गर्न। लग्भग सबै गाउँले एक न एक चिज पूजा गर्थे त्यो मन्दिरमा, मख्लो घरको प्रकाश पनि परेवा पूजा गर्न जान ठीक्क पर्या रैछ “ओइ मु* विर्चन (विरोचन) तँ जने हो तल बाट ?” ‘अँ म त हिंडेको जाऔं हिड्’ साईनोले त काका भन्न पर्च तर उमेरमा म भन्दा मात्र एक महिना जेठो थियो, त्यस्माथि सनैदेखिको संगत कल्ले हजुर भनेर गजुर लाई राखोसा, कतिचोटि त कुटियो पनि जाँ* काका भनौदोलाई 😛 घर बाट उकालो लगेउ, लग्भग एक घण्टा हिंडेपछी मन्दिर मा पुगिन्थ्यो, गफ गर्दै जादा एउटा परेवा पेरुङ्गोबाट फुत्त भुइमा झर्यो समत्न खोजेको भुर्‍अ उड्यो, लौ फर्साद् ……….. “ओइ मु* आइजो न खोज्न जम् ” प्रकाशले भन्यो, भालेलाई र अक्षेता त्यै थपक्क रखेर अलि परसम्मा गयौ, परेवा भर्खर उड्न सिक्दै रैछ फेला पारेम टंके (प्रकाशको आर्को नाउँ, गाली गर्दा बद्ता प्रयोग हुन्थ्यो) मुर्दार्को थोत्रो पेरुङ्गोले दुख दियो । बेलुकी घरमा महिला अंकला, आन्टी र दुईटा भैहरु आइपुग्नुभा रहेछ एउटा भले अगनमा पकाएर खइयो , अंकल्ले लुगा, जुत्ता ल्याइदिनुभा रहेछ लगाएर देखाए ठिक्क भयो “खै त हेरुम् ? ल लाहुरे भाई हलिस् नि” जिबाले भन्नु भो मलाई लाज लाग्यो, नयाँ लुगाको त बस्नै मिठो……………………….

भोली पल्ट अष्टमी, खसी हुनेहरुको घरमा खसी कतिन्थ्यो ब्यनै आएर दमै दाई ट्याम्को बजाएर गै सक्या थियो, दादा ट्वाइलेट काँ छ?” भाई ले सोध्यो “याँ ट्वाइलेट छैन भाई उँ पर गल्ली तिर जा” मैले भने सदर्मुकाम बाट खासै टाढा नभए पनि हाम्रो गाउँ निकै पिछडिएको थियो, घरमा ट्वाइलेट थिएन झारलाइ समतेर ट्वाइलेट गरेर झारलेनै पुच्छ्नु पर्ने हुन्थ्यो, धारो थिएन एक गाग्री पानी लिन पाँच मिनेटको बाटो हिंड्न पर्नी थियो, रोडा र बिजुली बत्तिको त कुरै नगरौ। मैले गाउँ छोडी सके पछी गाउँ मा गोबर ग्यस्, चर्पी, खाने पानी आयोजनाहरु आएछ, रोड र बिजुली बत्ती पनि आएछ, सुन्या थें रोड खान्न आउने डोजर चालक लाई देउतै जस्तो गरेर गाउँलेले घरमा बोलाएर कुखुरा, बोका, दाई, दुध्, घिउ, फलफुल आदि खुवौथ्यो रे ।रोड गयो पछी निकै सजिलो भयो, गाडी नचले पनि बाइक घरमै पुग्थ्यो, हिंडेर दुई घण्टा लग्ने बाटो आब एक घण्टा मात्र लग्ने भयो, बिजुली बत्ती आको दिन गाउँका कोइपनि सुतेनन् रे, रातभरी क्यसेट प्लेअर बाजएर नाचे अरे……. घर घरको ब्यट्री बाट चल्ने थोत्रो रेडियोको ठाउँ LCD र LED टिभिले ओगटे छ, गाउँ जादा कुनै कुनै घरको छानोतिर डिस्क होमको एन्टीना पनि देखियो, खुशी लाग्यो गाउँ बिकसित भएछ………….

हाम्रो घरमा ब्यन नास्ता गारेर सबैजना काम्मा जने गर्थे, खाना दिउसो एक दुई बजेटैर मात्र हुन्थ्यो, त्यो दिन झन ढिलो भयो, खसी काटियो, ड्यम्मै ३५ किलो भयो खसी त,घरमै पलेको खसी मोतो रैछ, अंकल खसी को मासु लरा जस्तै पारेर अगेनो मस्तिर झुन्ड्याउदै हुनुहुन्थ्यो सुकुटी बनाउन। खसी मार हान्ने र कट्न खुइल्याउन सघाउनेहारु बहिर खाटमा तमाखु खाँदै तास खेल्दै गफ गर्दै थिए। रक्ति(रगता) मासु चिउरा सबैलाई बाँडियो, कति जना अरुको घरमा पनि खसी छिनाल्दिन लागे कति चै तास् खेल्दै बसे। खान खाएर एकछिन खाटमा पल्टेको निदाएछु उठ्दा दिउसोको चार जती बज्य थियो होल….. डाँडामा पिंङ मच्चाउदै चारर भन्या सुनिन्थ्यो, गाउँका साथीहरु त्यतै होला भन्ठानेर त्यतै जाने बिचार गरे, लुगा लगाएर जान ठीक्क पर्दा भाई म पनि जान्छु भन्न थल्यो, मलाई संगै लानै मन थिएन के के वहाँना बनाएर म एक्लै हिंडे। आउँदा ढिलो हुन्थ्यो, पिङ खेलेर, तास् खेल्य हेरेर समय बितेको पत्तो पाउने थिएन, साँझा परे पछी मादल बजाएर नाच गान हुन्थ्यो, झ्याउरे र लोकदोरी गाउथे ठुलो दादा दिदी अनि अंकलहरु……………… पिङ डाँडामा हाल्थ्यो लगभग घर बाट दश मिनट पर्,त्यो पली त दुईटा पिङ हाल्या थियो, एउटा लिङ्गे पिङ अर्को चै काठको रोअटे पिङ, त्यो रोअटे पिङ खसै कतै हल्दैन थियो, गाउँका दादा र अंकलहरुले महिनौ अगिदेखि रुख काटेर सिकर्मिको काम पनि आफै गरेर ८ पिर्के पिङ हाल्या थ्यो त्यो पालिको दशैमा। पिङ जडान गर्ने बेलामा खुब रमाइलो भएको थियो । फिरपाता, गुरुपाता, पिर्का, खाँमा के के हो के के त्यो पिङको पाट पुर्जाको नाउँ पनि – वास्तवमा भन्नु पर्दा त्यस्तो पिङ मैले कैल्यै देखेको थिन तर एकैचोटि अफ्नै गाउँमा पिङ खेल्न पाउद खुशी लाग्या थ्यो। चिप्ले भेडिको हरियो बोट हालेर घुमायोपछी पिङ त फुनुनु घुम्थ्यो चाडने मान्छेहरुको मुख नै रातो पिरो हुन्थ्यो, कोइ कोइले त झन डाराएर मुतनै उम्काउथ्यो, हाम्रो गाउँ मा त्यो पिङ हालेको खबारा ओल्लो पल्लो गाउलेले पनि पाएछ। टिकाको दिन धेरै जना पिङ खेल्न आका थिए अरे …………..

म पिङमा पिर्के पिङ पुगे मलाई देखेर एउटा साथीले भन्यो “ओइ विर्चन (विरोचन ) आइजो न पिङ हल्लाई दे” एउटा ज्ञानी बच्चाले भन्या मान्या जसरी म लुरुक्क परेर पिङ हल्लाउन थले, पिर्का तान्दै पिङ घुमाउदै थियौ तर एक चोटि पिर्का तानेर हात छोड्नै बिर्सेंछु, एकै छिनमा के भयो थाहा नै भएन, म त पिर्का समातेर झुन्डिदै पिङ्को धुरिमा पो पुगी सकेछु, हठात आँत्तिएर हात छोड्न पुगेछु, डन्डी र अरु पिर्का मा ठोक्किदै एकैचोटि भुइ मा धुलो चाट्न आइपुगेछु ……………. बस एकैचोटि अँध्यारो भयो, म भुइ मा नराम्ररी बजार्रिएको थिए, कनमा सन्नटा छायो, आँखले केही देखिन्, एकचोटी झिलिक्क आगो बल्या झै भाको थियो, तारा देख्या झै लाग्य थ्यो त्यसपछी पुरै अन्धकार, आफ्नै मुटु भट्याक भट्याक गर्या मात्र सुन्थे। पिङ हल्या ठाउ भन्दा अलि तल एउटाघर थियो, एउटा साथी कुद्दै पानी लिन गएछ्, मेरो ममी बारीबाट आएर घाँसको भरी बिसाएर त्यै घरमा थकाई मार्न पस्नु भएको अहेछ। विर्चन पिङ बाट लड्यो, गाउँ भरी हल्ला फैलियो, ममी रुदै डौडिदै अउनु भएछ म इन्तु न चिन्तु भुइमा लडिरहेको थिए, मेरो मुखमा पानी छर्क्यो पछी मलाई होस् आयो, साथीहरु गोलो घेरा बनाएर तातो आलु खेल्या झै मलाई घेरेर बसेका थिए अनि मेरो ममी रुदै हुनुहुन्थ्यो “बाबु, मेरो राजा के दस्शा आइ लाग्यो बा तलाइ यो ” असैय पिडा भाई रहेको थियो, सास फेर्न गाह्रो भाई रहेको थियो,अँखाबाट आँशु खसे तर रुन सकिन । बारीबाट थकेर आउनुभएको ममीले घाँसको भरी बोक्ने कि मलाई? कोइ नभैद्या भए त घाँसको भरी भिरबाट गुल्ट्याइदेर मलाई बुईमा बोकेर घर ल्याउनु हुन्थ्यो होला तर त्यसो गर्न परेन, त्यै पनि ल्याएको घरमा एउटा दादा हुनुहुन्छ “मदन्” मलाई उठएर बोकेर घर कुदाउनु भयो, घर पुराएर मलाई बहिरको खटमा सुताइयो, घरका सबै जना आत्तिए, अंकल आएर हेर्नु भयो। मेरो दुबै हात सुन्निएका थिए, अंकल भन्दै हुनुहुन्थ्यो “हात भाँच्चिएछ क्यर् ……………. ” अंकलले बाँस कटेर दुबै हातमा मिलाएर बाँधिदिनु भयो। रात पर्न लागि सकेको थियो, सदर्मुकामको हस्पिटल जन भ्याइदैन थियो। म निदाएछु……………. राती बिउँझिदा ममी मेरै नजिकै बसिरनु भएको रहेछ, मलाई मेरो आफ्नै खटमा ल्याइ सकेको रहेछ, ज्यान तातिएर आगोको भुक्रा जस्तो तातो भएको थियो, ममी रुमाल भिजाउदै मेरो निधरमा रख्दै गर्दै हुनुहुन्थ्यो। हात टनक टनक गर्दै एक तमासले दुखिरहेको थियो। प्रत्यक पतक मुटुले रगत पम्प गर्दा दुखाइ सहन्थे म, त्यसपछि म रातभरी सुतिन अनि ममीलाइ पनि सुत्न दिइन।

भोलिपल्ट नवमीको दिन बिहन खाना खाएर अंकल र म सदर्मुकामको हस्पिटल तिर हिड्यौ, हस्पिटल पुगेर याक्स रे (X-ray) गरेर हेरियो, , डाक्टर साबले हातमा सेतो प्लास्टर गरिदिनु भयो त्यसपछि त मेरो हात उचाल्नै नसकिने जस्तो गरुङ्गो पो भयो। “बिचर दशैको बेलामा दुबै हात भाचिएछ” देख्ने मन्छेहरु भन्ने गर्थे। दशैभन्दा अगि अगि द्स्शा हिड्छ रे, चङ्गा उडाउदा उडाउदै कौसी बाट खसेर बच्चाहरुको मृत्यु भएको कुरो कैले कै समाचारमा सुनिन्थ्यो। भाबिले मेरो निधर मा चै हात भाँच्न लेखेको रैछ क्यार, हुने लाई कल्ले टाल्न सक्छ र? आखिर जे हुनु छ त्यो भएरै छाड्छ। हात प्लास्टर गरेर घर फर्कियौ, त्यो चर्को घाममा उकालो बाटो हिंडेर थकेका थियौ, बाटोमै एउटा बहुन गाउँ पर्छ्, एउटा चिनेको घरामा छिर्यौ, बहुनि बजैले ब्यनै पारेको भैसीको ताजा मही ल्याएर दिनुभयो। त्यो घम अनि गर्मिमा प्राणनै जला जस्तो भैरहेको बेलाँ चिसो मही अमृत जस्तै थियो हम्रो लगि…….. म त्या एकैछिन् निदाएछु, हात दुखीनै रहेको थियो। अंकल गफ गर्दै हुनुहुदो रहेछ, म बिउझेपछि त्या बाट हिडेउ। म पिङ् हाल्या ठाउँनेर आइ पुग्या थिए , बिपरित दिशाबाट गाउँकै एउटा जिबाले गोरु चराउन ल्याउदै हुनुहुदो रहेछ, एउटा हन्ने गोरु आएर सिङ्ले मेरो भर्खरै गरेको प्लास्टरमा हान्यो, म लडेर उत्तानो परे, अंकल अलि पछि हुनुहुन्थ्यो जिबा आएर एक् लठ्ठी बन्नाएर ढाडमा दिनु भयो, गोरु बुर्कुसी मार्दै कुद्यो। जो होचो उस्कै मुखमा घोचो भनेझै यत्रो संसारमा त्यो गोरुले हान्न मै पिडित् लाइ देखेछ। अलिकति प्लास्टर नै चर्केने गरि हनेछ हन्न पनि। उठ्न खोजे अँह सकिन, दुबै हात कम नलग्ने जो भएको थियो, जिबा आएर उठाइदिनु भयो । साथी हरु भन्थे अब तेरो प्लाटरमा सेतो पुच्छर उम्रेको जिम्रा पर्छ…………..। मासु भने पछी मरिहत्ते गर्ने म त्यो पाली अफ्नै हातले राम्ररी मासु खान पाइन, ममीले खुवाइदिनु हुन्थ्यो, मलाइ लाग्छ सारा संसारमा मेरो जस्तो ममी त कसैको छैन होल, मेरो लगि ममीले धेरै कष्ट झेल्नु भएको छ। म् ममीको ॠणी हुँ, यो जुनिमा त ऋण तिरी सक्तिन होला………….. म घरमै सुतेर बस्थे, त्यो बेला रडियोमा गीत बजिरहेको थियो…………..

दैब तेरो मायाको खेलाले

आज मेरो यो गती पर्दियो…………..

https://d19tqk5t6qcjac.cloudfront.net/i/412.html

Advertisements

3 thoughts on “दशै कि दस्सा ?

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s