औला काण्ड

आउनुस एकछिन बिगतलाई फर्केर हेरौ, बितेका पलहरुमा सयर गर्न जाऔ, हाँसो रुवाई ख्याल ठट्टालाई स्मरण गरौ…

उ बेलामा म कक्ष तीनमा पढ्थे, स्कूलले जाडो बिदा दाएको थियो, गाउँ भरिका भुराभुरी जम्मा भएर हालसालै नल काटेको कोदोबारीमा धानको भुस कोचेर बनाएको मोजाको बलले गेम बल खेल्थिम। त्यस्तै हुतुतु (कबर्दी) पनि खेल्थिम, गुच्चा, चुङ्गी,
खोपी गर्दै सिजनसंगै हाम्रो खेल पनि परिवर्तन हुन्थ्यो । बारी खुँद्यो भनेर बारीवालाले लखेट्थ्यो हामीलाई तर कहिल्यै
खेल्न छाडेनौ । एउटा गरोबाट लखेटे अर्को गरोमा अड्डा जमाइन्थ्यो ।

प्रसंग डण्डी बियो को हो, नेपालको राष्टिय खेल हाम्रो गाउँमा पनि लोकप्रिय थियो । पल्लो गाउँ र ओल्लो गाउँका भुराभुरीहरु बिच त कम्पिटिसन धरी हुन्थ्यो ।
खेलमा झ्याल्ला गर्यो भनेर
कती चोटी झगडा पनि गरियो…. ब्यानै घरबाट खाना खाएर हिडिन्थ्यो अनी दिनभरी डण्डी बियो खेलेरै
दिन कटाइदिन्थ्यौ । खेल त रमाइलै हो तर दिनहु दुई चारओटा बियो हराउथ्यो, एकजनाले एउटा बियो बनाएर ल्याउन पर्ने नियम
पनि हामी आफैले बनाएका थियौ ।

हानुम? हान…. खेल सुरु हुन्थ्यो । डण्डीले बियो बत्ताइन्थ्यो अनी बियो पनि पाको बेलामा हावामा बत्तिन्थ्यो, एक चोटी बियोलाई उफारेर बत्ताउने भाको बियो सिधै गएर प्रकाशको खप्परमा ठोकियो, प्राकाश ठाउँको ठाउँ डङ्रङ्ङै भयो, कुदेर गएर हेरेको बज्याँ टाउको छाम्दै उठ्दै रहेछ.. टाउकोबाट रगत आको देखियो, टाउको फुटेछ । “तारा देखीने रैच मु*” पछि भन्दै थियो.. बेलुकीपख घरमा नमज्जाले गाली खाएछ, यस्ता घटना प्राय घटिनै रहन्थ्यो तर कहिल्यै खेल्न छाडेनौ….

एकुन्टा बियो त लानै पर्ने हुन्थ्यो नत्र खेल खेल्न पाउने थिएन । बारीको काँल्लाबाट एउटा सिमली काटेर ल्याएर आँगनम बसेर बियो बनाउदै थिए । सिमलीको लठ्ठीलाई देब्रे हातले समातेर दाहिने हातमा भएको खुर्पाले मार हान्ने भाको लठ्ठी संगै देब्रे हातको चोरी ओँला पनि काटीएछ । अलिकती छालाले मात्र औलालाई हातसंग जोडेको थियो । बोइलर कुखुराको खुट्टाको जस्तै मेरो औलाको पनि सेतो हड्डी देखिन्थ्यो.. दुखाइको अनुभव पटक्कै भएको थिएन – एकछिन हेरीराखे – हात उचाले – हातमा आधा औला छालाको भरमा तुर्लुङ्ङ झुण्डीयो अनी एक्कासी रगत यसरी आयो की मानौ फोर्सले पानी आइरहेको पाइपको मुखमा कसैले औला राखेर मुख थुन्न खोज्दा पानीका सिर्काहरु टाढा टाढा पुग्दै छ । होलीमा पिच्कारीको टुप्पोबाट पानीको सिर्का आएझै रगतको सिर्का आउन थाल्यो र भुई भिजाउन थाल्यो । रातो र बाक्लो रगतको एउटा सानो डोफिल्का नै बन्यो.. म आँत्तिएछु- ठूलो स्वरमा रुन थालेछु- ममी आएर हात च्याप्प समात्नु भयो । रगत धेरे बगेर होला मलाई भोमिट आउला झै भई रहेको थियो, निन्द्रा लागे जस्तो भई रहेको थियो, एकदम कम्जोर महसुस गर्दै थिए ।

मलाई अंकलले बुइमा बोकेर हस्पिटल कुदाउनु भयो । इमर्जेन्सी वार्डमा लगेर मेरो औँला मर्मत गर्ने कार्य भई रहेको थियो । गोल आकारको घुमाउरो सियोले कुनै पनि ड्रग नदि (नदुख्ने सिरिन्ज नलगाई) मेरो आँखा अगाडीनै लुगा सिलाएको झै मेरो औँला सिलाएर ब्याण्डेज गरिदियो । औँला त जोडीयो तर पछुतो यो छ की औलाले भुँडी बोक्यो.. अचेल गिटार बजाउन अलीक अफ्ट्यारो हुन्छ नत्र अल इज ओएल । तर जनु अनुभब बटुले, जुन घटना भोगे त्यो अविस्मरणिय छ र खुशी छु बुढेस्कालमा सम्झेर हाँस्ने एउटा बहाना जो पाएँ ….. 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s