बेन्च पाट्नर-२

उसलाई फस्ट टाइम देख्ने बित्तिकै म उ माथी फिदा भएको थिए, एउटि केटिले मेरो मनमा यसरी भुइचालो ल्याउछ भनेर मैले कहिल्यै सोचेको पनि थिइन।

अर्को परिक्षा फिजिक्सको थियो, इन्ट्रेस्ट भएको भएर होला फिजिक्स मलाई खासै गार्‍हो लाग्दैन तर परिक्षामा राम्रो अंक भने कहिल्यै ल्याउन सकिन। बोर्ड एक्जम पो होत भन्दै किताब पल्टाएर पढ्न थाले तर त्यो मोरिको तस्वीर आँखामा यसरी बसेको थियो कि किताबमा अक्षर हैन त्यै मोरिकै तस्वीरहरु देख्थे। एकैछिन दिमाग खाली हुदा मोरिकै याद आउथ्यो, म आफ्नै कल्पनाको संसारमा रुमलिन थाल्थे, मनमनै उ सँग वार्तलाप गर्थे, कल्पनामै मोरिसँग भृकुटीमण्डपको फन पार्कमा गएर फन पनि गरे, टुँडिखेलमा गएर घाम ताप्दै भुटेको बदाम र सुन्तला पनि खाँए, गार्डेन अफ डृममा गएर घन्टौ माया पिरतिका गफ गरेर पनि बसे, फिलिममा हिरो हिरोईनले झै गित गाउदै नाच्यौ पनि, छिनमै प्रेमिहरुको सहर पेरिसमा पुग्थ्यौ त छिनमै काठमाडौंको वसन्तपुरमा पुग्थ्यौ..यहाँ सम्म कि कल्पनामै मोरिसँग बिहे गरेर छोरा छोरी धरी पाए 😀

भोलिपल्ट बिहानै उठेर एक्साइटेड हुँदै परिक्षा दिन हिंडे। परिक्षा सेन्टरमा पुगेर यताउती खोजे तर अँह उसलाई कतै भेटिन। एक ठाउमा गएर बसे अनि गेस पेपर निकालेर पल्टाउन थाले, कन्फिउज हुने खालका फर्मुलाहरु हातमा लेखे। एउटा साह्रै गारो लाग्ने डेरिभेसन च्यातेर गोजिमा हाले पनि। गेस पेपरको पान्ना च्यातेर गोजिमा हालेको कसैले देखेको पो छ कि भनेर यता उति नजर डुलाएर हेरे, तल रोडमा कालो चिल्लो मर्सिटिज रोकिएको रहेछ, मेरो आँखा ठ्याक्क त्यहा पुग्दा कारको ढोका खुल्यो। कार बाट कुर्था लगाएकि एउटि केटि उत्री। चट्ट कम्मर छिनेकी, ज्यु ज्यान पनि चट्ट मिलेको त्यो मोरि म तिर फर्केपछि पो चिने, मोरि त मेरै बेन्च पाट्नर रहेछ। केटि हिजो भन्दा आज राम्री भइछे झै लाग्यो, के साह्रै रम्री हो के मोरिलाई बनाउदा भगवानले पनि अरु काम बाट छुट्टी लिएको थियो होला। उ बिस्तारै कलेजको गेट तर्फ लागि, मेरो मनले भन्दै थियो त्यसरी एकोहोरो नहेर तर अटेरी नजरले टेरेन, मेरो गिद्दे नजर अगिनै उ माथी फिदा भइसकेको थियो…

परिक्षा दिन आउदा पनि ४ पाङ्ग्रे पुर्याउन आउने? भनेपछि मोरि पक्कै पनि धनी बाउकी एक्लि पुत्री हुन पर्छ, निलो रंगको कुर्था कति सुहाएको हो के,आज बाट मेरो फेब्रेट रंग निलो भयो :p मोरि किन आज आउट ड्रेसमा आइछे? स्कुल ड्रेसमा भन्दा आउट ड्रेसमा उ झन च्वाक देखोएकी थिइ, सिम्पल तर एक्दम सेक्सी। राम्री मान्छेले त जे लगाए पनि सुहाउने रहेछ जस्तो लाग्यो.. दिमाग एक्छिन रेस्ट नगरी यस्तै यस्तै सोच्दै थियो, त्यतिबेला परीक्षा हल भित्र पस्ने घण्टी नबज्दिएको भए हुन्थ्यो….

म आफ्नो परिक्षा हल भित्र प्रवेश गरे, मोरि अगिनै आफ्नो सिटमा गएर बसिसकेकी रहिछे, excuse me भन्दै म पनि आफ्नै सिटमा गएर बसे, अरुहरुले आआफ्नो सिट पाट्नर सँग चिनजान गरिसकेका थिए क्यार सबैजना हाँस्दै हल्ला गर्दै थिए तर म र उ भने मौन थियौ। म बाहिर बाट मौन देखिन्थे तर मनले भने चिच्याई चिच्याई मोरिलाई बोलाइरहेको थियो। प्रेमी प्रेमिकाले एक अर्काको मनको कुरा मनलेनै सुन्छ्न भन्थे तर मेरो मनले बोलाको मोरिले पटक्कै सुनिन, कारण मोरि मेरो प्रेमिका नभएर होला। प्रश्न पत्र बाँड्न सुरु भइसकेको थियो, मोरि झसङ्ग भए झै गरि “excuse me, मैले क्याल्कुलेटर ल्याउन बिर्सेछु, तपाईंको शेर गरौ न है??””sure” मेरो मुखबाट यतिमात्र आवाज निक्लियो। थुक्क मुर्दार! मौका पाएको बेलामा जाबो एक शब्दले टार्दिस है भन्दै अफैलाई सरापे । “by the way, what is your name?” भनेर सोधुम? अँह यसरी सोध्ने आँट कहाँ थियो र म सँग.. आज क्याल्कुलेटर शेर गरिन्छ भोलि कफी शेर गर्ने होला अनि दुई चार महिना संगत भइ रह्यो भने त बेड पनि शेर गर्न पाइन्छ कि क्याहो गाँठे :p मन त हो, एकैछिनमा बतास्सी हाल्ने क्या, थुक्क पापी मुर्दार, आर्काको चेलिबेटी बारे यस्तो सोच्न हुन्न भनेर फेरि आफैलाई सरापे

शुसिन रहेछ उसको नाम, प्रवेश पत्रमा देखेको, नाम पनि मान्छे जस्तै राम्रो लाग्यो। हामी दुबैले आआफ्नो उत्तर पुस्तिका मा कलम चलाउन थाली सएका थिएम। उत्तर लेख्दै मैले उसको हरेक क्रियाकलाप नियाल्दै थिए, मोरि कहिले गहिरो सोचमा पकेकी जस्तो देखिन्थी अनि खुरुरु कलम डौडाउथी, फेरि लामो सास फेरेर कलमलाई बेतोडले कुदाउथि, क्याल्कुलेटर ठिच्थी अनि फेरि कलम चलाउथी, कति छिटो लेख्न सक्या को कुन्नी, मोरि पुरै आफै काममा ब्यस्त थिइ, यस्तो लाग्यो कि उसलाई कुनै भुस्तिघ्रेले प्रतीक्षा गरिरहेको छ र उ चै चाँडो भन्दा चाँडो परीक्षा सकेर उस्लाई भेट्न जाँदै छ । समय १:४५ जति बितेको थियो होला, मोरि लेख्दा लेख्दै टक्क अड्डिइ, मलाई लाग्यो उसले सबै सक्काइ सकि अब जान्छे, तर मोरि चारै तिर आँखा डुलाएर बसिमात्र रहि, मौका यै हो भनेर उस्लाई सोधे..के भयो? यो कोइसन आउँछ? उसले उल्टै मलाई सोधी गेस पेपर च्यातेर हालेको काम लागेको थियो, त्यो प्रस्न पनि सोधिएको रहेछ, गार्डको आँखा छलेर मैले अगिनै चिट सार्न भ्याइसकेको थिए, आफू लेख्न छोडेर उसलाई आफ्नो कापी पल्टाएर सुम्पिदिए, मोरि पनि मेरो कापिमा छड्के नजर पार्दै छिटो छिटो सार्न थाली अनि मैले चै फुर्सद पाए… आँखा एक लट मोरिको शिर देखि पाउ सम्म सयर गर्न गएको थियो, सयर गर्ने क्रममा मेरो नजर मोरिको छातिमा गएर एक्छिन विश्राम पनि गरेको थियो। गाजल धरी नलगाएकि थिइन, केटिको सुन्दरता पुरै प्राकृतिक थियो। पुरै छोडेको लामो र सिल्की बाल बिहान आउदा चिसै थियो, चिसो बाल वाला तरुनी मलाई अत्ति सेक्सी लाग्छ। बिहानै नुहाएर आएकी हुन पर्छ सन्सिल्क स्याम्पूको हरक मेरो नाकले excuse me भनेर म आफ्नो सिटमा बस्ने बेलैमा पाइसकेको थियो। उ माथी जति पटक मेरो नजर पर्थ्यो म त्यति पटक उसको प्रेममा पर्थे, मोरि त सुपर फास्ट रैछे बाई, एकैछिनमा सब सारेर भ्याई सकिछे….

हिजो जस्तै सबै सकेर उ मलाई वास्तै नगरी निक्लेर गइ, आफू लेख्न छोडेर सार्न दिए नकचरिले Thank you पनि भनिन, साँच्चै टिमुर्केकी रैछे यो केटि त झै लाग्यो। बाहिर निस्किए, मलाई लिन साथी आइसकेको रहेछ, मोरि सडकको छेउमा बसिरहेकी थिइ चार पाङ्रेलाई कुरेको हुन पर्छ सायद अथवा कुनै भुस्तिघ्रेलाई कुरेको हुन पर्छ। उसले मलाई देखि अनि हल्का मुस्कान दिए झै गरि, मेरो हात आफै हल्लेछ उसले पनि जवाफमा हात हल्लाएर बाई गरि, दिमागमा आयो “उफ्! आज पनि रात भरी निद्रा नलाग्ने भयो”

क्रमस….

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s