भट्टी साउनी

तीन पानेको मात मिठो
आईमाईको जात मिठो ।

मस्किदै टेबुल छेउमै बस्छे
साउनिको बात मिठो ।

भुल्ने गर्छु सारा दु:ख मोरीलाई देखेपछि
पिउदा उस्कै साथ मिठो ।

चौरासी ब्येञ्जन बनाएर खुवाउछे
नकचरीको हात मिठो ।

भन्छे आज मसंगै बस
साउनीको छाँटकाँट मिठो ।

नसाको आहालमा चुर्लुम्म डुबी
संगै बिताएको रात मिठो ।

टुइटर

एउटा हेण्डिल अर्को हेण्डिल वतासे हानाहान थियो
रोचक र ठट्यउली टुइटले फलोअर्स तानातान थियो
रिटुइट, फेब ररिप्लाई बटन धमाधम थिचिदै थिए
टिएल भरी मै हुँ भन्ने बरिष्ठ छानाछान थियो

फोटो टुइट र लिङ्क शेर गर्नेहरु धेरै थिए
जल्ले जस्तो टुइट गरेनी सबको छुट्टै सान थियो

अनेक थरिका ट्रेण्ड निकाली मिलेर हल्ला गर्दै थिए
देश भरिका टुइटेहरुको टुइटरमै चिनजान थियो

#DM अनी टियलमै हाइकिङ प्लान बनाउदै थिए
भ्रिकुटी मण्डपमा भेट भई कार्यक्रम चिया पान थियो

क्रिकेट र फुटबलको लाइभ स्कोर टुइट्दै थिए
दिन रात टिएल भरी चुनावको गुनगान थियो ।

मलाई पुग्छ

मायालु बनी यो जीवनमा छाइदिए पुग्छ,
सधैभरी अटुट माया लाइदिए पुग्छ ।

मेरा सबै सपनाहरु उपहार तिमीलाई
इच्छा अनि आकाङ्क्षाहरु पुरस्कार तिमीलाई
दु:ख सुखका गित संगै गाइदिए पुग्छ
सधैभरी अटुटमाया लाइदिए पुग्छ

पाइला पाइरामा सारा खुसी तिम्रो हुनेछ
सबै सबै मेरो भबिष्य तिमो हुनेछ
छोडी कहिल्यै नजाने कसम खाइदिए पुग्छ
सधैभरी अटुट माया लाइदिए पुग्छ

तिमो मनमा मेरो लागी ठाउँ देखेको छु
संगै बाँच्न एउटा सुन्दर गाउँ देखेको छु
जन्म घर छोडी मेरो संसारमा आइदिए पुग्छ
सधैभरी अटुट माया लाइदिए पुग्छ ।

बलत्क्रित फुल

 

Balatkrit Phool

कोपिलामै रातभर सितका थोपाहरुबाट लुटिएपछि
लजाउदै फुली रहेछ एउटा फुल

घामको किरणले अंग अंग भिजाइदिदा

फक्रिएर मुसुक्क मुस्कुराउदै छे उनी

बास्नाले टिलबिल टिलबिल भएकी
जवानीको मातले रंगिएकी
जब सुगन्ध छर्दै बैँस पोख्छे
हावाले पनि उस्लाई हल्लाई हल्लाई लुटिदिन्छ
एउटा आउछ भँमरा
उसलाई लगातार बलत्कार गरेर बेपत्ता हुन्छ
अर्को आउछ पुतली
उसलाई झन बिटलो पारेर भाग्छ
उ सधैँ बलत्क्रित हुन्छे, सयौँ बलत्कारीहरुबाट
कैले उ क्यानभासमा कैद हुन्छे
कैले उ क्यामेराको बन्धी बन्छे
सुन्दरता उसको मत लगाउने
कती चोटी त हजारौ आँखाबाटै बलत्क्रित भइ सकेकी छे
बिचरी उनी
फक्रिन नपाउदै आफ्नो कुरारित्व गुमाएकी छे
डराउछे उनी
कतै चन्दन र अक्षतासंग मित लगाउन नपाउने पो हो की?
कतै भगवानको चरणमा समर्पण हुन नपाउने पो हो की?
एउटा लालहित हातबाट टपक्क टिपिन्छे उनी
अन्तिम पटक बलत्क्रित हुन्छे
अनी एउटा लास बनेर कसैको शिरमा सिउरिन्छिन उनी ।

के हो माया?

सोह्र सत्र साल हो माया।
उत्ताउलो हाल हो माया।
ज्यानको बाजी थाप्न पर्ने
जुवा तासको खाल हो माया।

उत्तेजनाको छाल हो माया।
कष्ट र रोदनको झाल हो माया।
पत्तो नपाई मनमा बस्छ
बिरालोको चाल हो माया।

मुटु मुटुको संजाल हो माया।
बैस सुकाउने टंगाल हो माया।
चुर्लुम्म डुबाई भुतुक्कै पार्ने
बेहोसीको आल हो माया।

शुर बिनाको ताल हो माया।
जवानीको काल हो माया।
धेरै उत्तर जवाफमा आउने
एउटा एस्तो सवाल हो माया।

दशै 2070

शुभकामना दशै र तिहारको साटासाट थियो ।
पानी छर्की गटट मनाई खसी काटाकाट थियो ।।
मान्छेहरु जम्मा भई नाचगान गर्दै थिए,
बाबियोलाई गाँसीगाँसी पिँङ बाटाबाट थियो ।

जुवा तासको खालखालमा जिउनेहरु धेरै थिए,
उधारो त्यहाँ चल्दैन हजुर पौसा हाताहात थियो ।

तीनपाने र बिदेशी दारु भटाभट बेचिदै थिए,
रित्याएर रक्सिका बोत्तल सबै मातामात थियो ।

घाम छेकी तुवालो र हुस्सु उदाएका थिए,
चिसो थप्दै वातावरणमा बर्षा दिनरात थियो ।

नयाँ लुगा लगाएर बच्चाबच्चीनी मख्ख थिए,
तात्तातो मासुभात खादै हात चाटाचाट थियो ।

हतार हतार मानिसहरुको चहल पहल बड्दै थिए,
घरघरमा टिका लागाउने पाहुना खाताखात थियो ।

यस्तो पो जिन्दगी

सधै साथ दिने एउटा मित्र होस्
मन मुटु अनी धड्कन भित्र होस्
कहिले कही ठुस्किएर रिसाए पनि
दिमागमा उस्कै चित्र होस
अनि भन्नेछु यस्तो पो जिन्दगी
अनि मान्नेछु त्यस्तो हो जिन्दगी ।

ओत लाग्न एउटा घर होस्
त्यो घरमा कसैको डर नहोस्
जुँनीभर साथ दिन्छु भन्नेको भर होस्
कसैलाई पनि माया गर्न कर नहोस्
अनि भन्नेछु यस्तो पो जिन्दगी
अनि ठान्नेछु त्यस्तो हो जिन्दगी ।

बच्पना र जवानी कहिल्यै नजाओस्
दु:ख, पिडा र कष्ट कहिल्यै नआओस्
सबैसंग मितेरी गाँस्न पाइयोस्
खुलेर सधैँ हाँस्न पाइयोस्
अनि भन्नेछु यस्तो पो जिन्दगी
अनि जान्नेछु त्यस्तो हो जिन्दगी ।

काम काँजमा सधैँ जोश होस्
बेहोसीमा पनि सधैँ होश होस्
विश्व ब्रह्माण्डमा छाउन सकुँ
सारा संसारकै बोस होस्
अनि भन्नेछु यस्तो पो जिन्दगी
अनि छान्नेछु त्यस्तो जिन्दगी ।