बेन्च पाट्नर-२

उसलाई फस्ट टाइम देख्ने बित्तिकै म उ माथी फिदा भएको थिए, एउटि केटिले मेरो मनमा यसरी भुइचालो ल्याउछ भनेर मैले कहिल्यै सोचेको पनि थिइन।

अर्को परिक्षा फिजिक्सको थियो, इन्ट्रेस्ट भएको भएर होला फिजिक्स मलाई खासै गार्‍हो लाग्दैन तर परिक्षामा राम्रो अंक भने कहिल्यै ल्याउन सकिन। बोर्ड एक्जम पो होत भन्दै किताब पल्टाएर पढ्न थाले तर त्यो मोरिको तस्वीर आँखामा यसरी बसेको थियो कि किताबमा अक्षर हैन त्यै मोरिकै तस्वीरहरु देख्थे। एकैछिन दिमाग खाली हुदा मोरिकै याद आउथ्यो, म आफ्नै कल्पनाको संसारमा रुमलिन थाल्थे, मनमनै उ सँग वार्तलाप गर्थे, कल्पनामै मोरिसँग भृकुटीमण्डपको फन पार्कमा गएर फन पनि गरे, टुँडिखेलमा गएर घाम ताप्दै भुटेको बदाम र सुन्तला पनि खाँए, गार्डेन अफ डृममा गएर घन्टौ माया पिरतिका गफ गरेर पनि बसे, फिलिममा हिरो हिरोईनले झै गित गाउदै नाच्यौ पनि, छिनमै प्रेमिहरुको सहर पेरिसमा पुग्थ्यौ त छिनमै काठमाडौंको वसन्तपुरमा पुग्थ्यौ..यहाँ सम्म कि कल्पनामै मोरिसँग बिहे गरेर छोरा छोरी धरी पाए 😀

भोलिपल्ट बिहानै उठेर एक्साइटेड हुँदै परिक्षा दिन हिंडे। परिक्षा सेन्टरमा पुगेर यताउती खोजे तर अँह उसलाई कतै भेटिन। एक ठाउमा गएर बसे अनि गेस पेपर निकालेर पल्टाउन थाले, कन्फिउज हुने खालका फर्मुलाहरु हातमा लेखे। एउटा साह्रै गारो लाग्ने डेरिभेसन च्यातेर गोजिमा हाले पनि। गेस पेपरको पान्ना च्यातेर गोजिमा हालेको कसैले देखेको पो छ कि भनेर यता उति नजर डुलाएर हेरे, तल रोडमा कालो चिल्लो मर्सिटिज रोकिएको रहेछ, मेरो आँखा ठ्याक्क त्यहा पुग्दा कारको ढोका खुल्यो। कार बाट कुर्था लगाएकि एउटि केटि उत्री। चट्ट कम्मर छिनेकी, ज्यु ज्यान पनि चट्ट मिलेको त्यो मोरि म तिर फर्केपछि पो चिने, मोरि त मेरै बेन्च पाट्नर रहेछ। केटि हिजो भन्दा आज राम्री भइछे झै लाग्यो, के साह्रै रम्री हो के मोरिलाई बनाउदा भगवानले पनि अरु काम बाट छुट्टी लिएको थियो होला। उ बिस्तारै कलेजको गेट तर्फ लागि, मेरो मनले भन्दै थियो त्यसरी एकोहोरो नहेर तर अटेरी नजरले टेरेन, मेरो गिद्दे नजर अगिनै उ माथी फिदा भइसकेको थियो…

परिक्षा दिन आउदा पनि ४ पाङ्ग्रे पुर्याउन आउने? भनेपछि मोरि पक्कै पनि धनी बाउकी एक्लि पुत्री हुन पर्छ, निलो रंगको कुर्था कति सुहाएको हो के,आज बाट मेरो फेब्रेट रंग निलो भयो :p मोरि किन आज आउट ड्रेसमा आइछे? स्कुल ड्रेसमा भन्दा आउट ड्रेसमा उ झन च्वाक देखोएकी थिइ, सिम्पल तर एक्दम सेक्सी। राम्री मान्छेले त जे लगाए पनि सुहाउने रहेछ जस्तो लाग्यो.. दिमाग एक्छिन रेस्ट नगरी यस्तै यस्तै सोच्दै थियो, त्यतिबेला परीक्षा हल भित्र पस्ने घण्टी नबज्दिएको भए हुन्थ्यो….

म आफ्नो परिक्षा हल भित्र प्रवेश गरे, मोरि अगिनै आफ्नो सिटमा गएर बसिसकेकी रहिछे, excuse me भन्दै म पनि आफ्नै सिटमा गएर बसे, अरुहरुले आआफ्नो सिट पाट्नर सँग चिनजान गरिसकेका थिए क्यार सबैजना हाँस्दै हल्ला गर्दै थिए तर म र उ भने मौन थियौ। म बाहिर बाट मौन देखिन्थे तर मनले भने चिच्याई चिच्याई मोरिलाई बोलाइरहेको थियो। प्रेमी प्रेमिकाले एक अर्काको मनको कुरा मनलेनै सुन्छ्न भन्थे तर मेरो मनले बोलाको मोरिले पटक्कै सुनिन, कारण मोरि मेरो प्रेमिका नभएर होला। प्रश्न पत्र बाँड्न सुरु भइसकेको थियो, मोरि झसङ्ग भए झै गरि “excuse me, मैले क्याल्कुलेटर ल्याउन बिर्सेछु, तपाईंको शेर गरौ न है??””sure” मेरो मुखबाट यतिमात्र आवाज निक्लियो। थुक्क मुर्दार! मौका पाएको बेलामा जाबो एक शब्दले टार्दिस है भन्दै अफैलाई सरापे । “by the way, what is your name?” भनेर सोधुम? अँह यसरी सोध्ने आँट कहाँ थियो र म सँग.. आज क्याल्कुलेटर शेर गरिन्छ भोलि कफी शेर गर्ने होला अनि दुई चार महिना संगत भइ रह्यो भने त बेड पनि शेर गर्न पाइन्छ कि क्याहो गाँठे :p मन त हो, एकैछिनमा बतास्सी हाल्ने क्या, थुक्क पापी मुर्दार, आर्काको चेलिबेटी बारे यस्तो सोच्न हुन्न भनेर फेरि आफैलाई सरापे

शुसिन रहेछ उसको नाम, प्रवेश पत्रमा देखेको, नाम पनि मान्छे जस्तै राम्रो लाग्यो। हामी दुबैले आआफ्नो उत्तर पुस्तिका मा कलम चलाउन थाली सएका थिएम। उत्तर लेख्दै मैले उसको हरेक क्रियाकलाप नियाल्दै थिए, मोरि कहिले गहिरो सोचमा पकेकी जस्तो देखिन्थी अनि खुरुरु कलम डौडाउथी, फेरि लामो सास फेरेर कलमलाई बेतोडले कुदाउथि, क्याल्कुलेटर ठिच्थी अनि फेरि कलम चलाउथी, कति छिटो लेख्न सक्या को कुन्नी, मोरि पुरै आफै काममा ब्यस्त थिइ, यस्तो लाग्यो कि उसलाई कुनै भुस्तिघ्रेले प्रतीक्षा गरिरहेको छ र उ चै चाँडो भन्दा चाँडो परीक्षा सकेर उस्लाई भेट्न जाँदै छ । समय १:४५ जति बितेको थियो होला, मोरि लेख्दा लेख्दै टक्क अड्डिइ, मलाई लाग्यो उसले सबै सक्काइ सकि अब जान्छे, तर मोरि चारै तिर आँखा डुलाएर बसिमात्र रहि, मौका यै हो भनेर उस्लाई सोधे..के भयो? यो कोइसन आउँछ? उसले उल्टै मलाई सोधी गेस पेपर च्यातेर हालेको काम लागेको थियो, त्यो प्रस्न पनि सोधिएको रहेछ, गार्डको आँखा छलेर मैले अगिनै चिट सार्न भ्याइसकेको थिए, आफू लेख्न छोडेर उसलाई आफ्नो कापी पल्टाएर सुम्पिदिए, मोरि पनि मेरो कापिमा छड्के नजर पार्दै छिटो छिटो सार्न थाली अनि मैले चै फुर्सद पाए… आँखा एक लट मोरिको शिर देखि पाउ सम्म सयर गर्न गएको थियो, सयर गर्ने क्रममा मेरो नजर मोरिको छातिमा गएर एक्छिन विश्राम पनि गरेको थियो। गाजल धरी नलगाएकि थिइन, केटिको सुन्दरता पुरै प्राकृतिक थियो। पुरै छोडेको लामो र सिल्की बाल बिहान आउदा चिसै थियो, चिसो बाल वाला तरुनी मलाई अत्ति सेक्सी लाग्छ। बिहानै नुहाएर आएकी हुन पर्छ सन्सिल्क स्याम्पूको हरक मेरो नाकले excuse me भनेर म आफ्नो सिटमा बस्ने बेलैमा पाइसकेको थियो। उ माथी जति पटक मेरो नजर पर्थ्यो म त्यति पटक उसको प्रेममा पर्थे, मोरि त सुपर फास्ट रैछे बाई, एकैछिनमा सब सारेर भ्याई सकिछे….

हिजो जस्तै सबै सकेर उ मलाई वास्तै नगरी निक्लेर गइ, आफू लेख्न छोडेर सार्न दिए नकचरिले Thank you पनि भनिन, साँच्चै टिमुर्केकी रैछे यो केटि त झै लाग्यो। बाहिर निस्किए, मलाई लिन साथी आइसकेको रहेछ, मोरि सडकको छेउमा बसिरहेकी थिइ चार पाङ्रेलाई कुरेको हुन पर्छ सायद अथवा कुनै भुस्तिघ्रेलाई कुरेको हुन पर्छ। उसले मलाई देखि अनि हल्का मुस्कान दिए झै गरि, मेरो हात आफै हल्लेछ उसले पनि जवाफमा हात हल्लाएर बाई गरि, दिमागमा आयो “उफ्! आज पनि रात भरी निद्रा नलाग्ने भयो”

क्रमस….

Advertisements

औला काण्ड

आउनुस एकछिन बिगतलाई फर्केर हेरौ, बितेका पलहरुमा सयर गर्न जाऔ, हाँसो रुवाई ख्याल ठट्टालाई स्मरण गरौ…

उ बेलामा म कक्ष तीनमा पढ्थे, स्कूलले जाडो बिदा दाएको थियो, गाउँ भरिका भुराभुरी जम्मा भएर हालसालै नल काटेको कोदोबारीमा धानको भुस कोचेर बनाएको मोजाको बलले गेम बल खेल्थिम। त्यस्तै हुतुतु (कबर्दी) पनि खेल्थिम, गुच्चा, चुङ्गी,
खोपी गर्दै सिजनसंगै हाम्रो खेल पनि परिवर्तन हुन्थ्यो । बारी खुँद्यो भनेर बारीवालाले लखेट्थ्यो हामीलाई तर कहिल्यै
खेल्न छाडेनौ । एउटा गरोबाट लखेटे अर्को गरोमा अड्डा जमाइन्थ्यो ।

प्रसंग डण्डी बियो को हो, नेपालको राष्टिय खेल हाम्रो गाउँमा पनि लोकप्रिय थियो । पल्लो गाउँ र ओल्लो गाउँका भुराभुरीहरु बिच त कम्पिटिसन धरी हुन्थ्यो ।
खेलमा झ्याल्ला गर्यो भनेर
कती चोटी झगडा पनि गरियो…. ब्यानै घरबाट खाना खाएर हिडिन्थ्यो अनी दिनभरी डण्डी बियो खेलेरै
दिन कटाइदिन्थ्यौ । खेल त रमाइलै हो तर दिनहु दुई चारओटा बियो हराउथ्यो, एकजनाले एउटा बियो बनाएर ल्याउन पर्ने नियम
पनि हामी आफैले बनाएका थियौ ।

हानुम? हान…. खेल सुरु हुन्थ्यो । डण्डीले बियो बत्ताइन्थ्यो अनी बियो पनि पाको बेलामा हावामा बत्तिन्थ्यो, एक चोटी बियोलाई उफारेर बत्ताउने भाको बियो सिधै गएर प्रकाशको खप्परमा ठोकियो, प्राकाश ठाउँको ठाउँ डङ्रङ्ङै भयो, कुदेर गएर हेरेको बज्याँ टाउको छाम्दै उठ्दै रहेछ.. टाउकोबाट रगत आको देखियो, टाउको फुटेछ । “तारा देखीने रैच मु*” पछि भन्दै थियो.. बेलुकीपख घरमा नमज्जाले गाली खाएछ, यस्ता घटना प्राय घटिनै रहन्थ्यो तर कहिल्यै खेल्न छाडेनौ….

एकुन्टा बियो त लानै पर्ने हुन्थ्यो नत्र खेल खेल्न पाउने थिएन । बारीको काँल्लाबाट एउटा सिमली काटेर ल्याएर आँगनम बसेर बियो बनाउदै थिए । सिमलीको लठ्ठीलाई देब्रे हातले समातेर दाहिने हातमा भएको खुर्पाले मार हान्ने भाको लठ्ठी संगै देब्रे हातको चोरी ओँला पनि काटीएछ । अलिकती छालाले मात्र औलालाई हातसंग जोडेको थियो । बोइलर कुखुराको खुट्टाको जस्तै मेरो औलाको पनि सेतो हड्डी देखिन्थ्यो.. दुखाइको अनुभव पटक्कै भएको थिएन – एकछिन हेरीराखे – हात उचाले – हातमा आधा औला छालाको भरमा तुर्लुङ्ङ झुण्डीयो अनी एक्कासी रगत यसरी आयो की मानौ फोर्सले पानी आइरहेको पाइपको मुखमा कसैले औला राखेर मुख थुन्न खोज्दा पानीका सिर्काहरु टाढा टाढा पुग्दै छ । होलीमा पिच्कारीको टुप्पोबाट पानीको सिर्का आएझै रगतको सिर्का आउन थाल्यो र भुई भिजाउन थाल्यो । रातो र बाक्लो रगतको एउटा सानो डोफिल्का नै बन्यो.. म आँत्तिएछु- ठूलो स्वरमा रुन थालेछु- ममी आएर हात च्याप्प समात्नु भयो । रगत धेरे बगेर होला मलाई भोमिट आउला झै भई रहेको थियो, निन्द्रा लागे जस्तो भई रहेको थियो, एकदम कम्जोर महसुस गर्दै थिए ।

मलाई अंकलले बुइमा बोकेर हस्पिटल कुदाउनु भयो । इमर्जेन्सी वार्डमा लगेर मेरो औँला मर्मत गर्ने कार्य भई रहेको थियो । गोल आकारको घुमाउरो सियोले कुनै पनि ड्रग नदि (नदुख्ने सिरिन्ज नलगाई) मेरो आँखा अगाडीनै लुगा सिलाएको झै मेरो औँला सिलाएर ब्याण्डेज गरिदियो । औँला त जोडीयो तर पछुतो यो छ की औलाले भुँडी बोक्यो.. अचेल गिटार बजाउन अलीक अफ्ट्यारो हुन्छ नत्र अल इज ओएल । तर जनु अनुभब बटुले, जुन घटना भोगे त्यो अविस्मरणिय छ र खुशी छु बुढेस्कालमा सम्झेर हाँस्ने एउटा बहाना जो पाएँ ….. 

बेन्च पाटनर

भोलीपल्ट कक्षा बाह्रको परिक्षा थियो, परिक्षाको तयारी भन्दा पनि मलाई मेरो सिट पाटनर कस्तो पर्ला भन्ने कुराले भित्रभित्रै पेट पोलीरहेको थियो। SLC र एघारको परिक्षाको अघिल्लो दिन पनि म यस्तै सोचको शिकार भएको थिए। परिक्षामा सोधिने प्रश्नको उत्तर आउछ/आउदैन भन्दा त्यो मेरा/मोरी कस्तो पर्ला भन्ने चिन्ता हुन्थ्यो मलाई। यदि म भन्दा नि खत्तम पर्यो भने? परिक्षाको बिचबिचमा यो के हो? त्यो के हो? यो सिकाइदे.. त्यो सिकाइदे.. भनेर डिस्टर्भ गर्ने खालको पर्यो भने त लास्टै र्याक पो हुन्छ त .. तर के था उल्टै मलाई सिकाइदिने खालकी  ट्यालेन्ट मोरी पनि त पर्न सक्छ नी, पुरै विउटी उइत ब्रेन डेन्जरस कम्बिनेसन भन्या जस्तै मोरी पर्यो भने त लट्री नै लाग्थ्यो। यस्ता खयालहरु दिमागमा आउथ्यो अनी म एक्लै मनोवाद गर्न वाध्य हुन्थे.. ..

प्रथम परिक्षा अंग्रेजिको थियो, नेपाल हो बन्द र हर्ताल नभएको दिन हुन्थेन, त्यो दिन पनि बन्द नै थियो। घुम्ने कुर्चीमा बसेर अर्डर दिने भुँडेहरुको खेलले हामी जस्ता बिद्यार्थीहरुले कसैले नपाएको दु:ख पाएका छौ। परिक्षा त दिनै पर्यो क्यार, बज्याँहरुलाई सराप्दै साथीलाई फोन गरेर बोलाए.. घनिष्ट मित्र भएर होला बोलाउने बित्तिकै बाइक लिएर आयो अनी सुकेधारा स्थित न्यू मिलिनियम कलेज तर्फ लाग्यौ जहाँ मेरो परिक्षा सेन्टर परेको थियो। बिद्यार्थीहरुको भिड थियो, कोई कोई गेस पेपर, किताब, कपी पल्टाएर अफ्नै सुरमा पढेको जस्तो नाटक गर्दै थिए त कोई कोई चै ग्रुप ग्रुपमा अफ्नै तालमा गफ गर्नमा मस्त थिए। मेरो दिमागलाई भने त्यै सिट पाट्नर कस्तो पर्ला भन्ने कुराले छोडेको थिएन…. ।

परिक्षा हल भित्र प्रबेश गरेँ. . . . .22718959 मेरो सिम्बोल नम्बर, लास्ट बेन्च बाट सिट खोज्दै आँए, सिम्याझ्याक्ने के हो यो सिट प्लानिङ? एस्पाली पनि फस्ट बेन्चमै परिएछ। जिल्ला स्तरीय देखि एघारको वोर्ड एकजाम सम्म सबै परिक्षामा फस्ट बेन्चमा परेको थिए एस्पाली चै अरुनै बेन्चमा परिएला भन्ने कत्रो आशा गरेको थिए त्यो आशा एकैछिनमा निराशामा परिणत भएको थियो। लास्ट बेन्चमा परेर चिट चोर्ने त हैन तैपनि फस्ट बेन्चमा बस्न अली अफ्ट्यारो लाग्थ्यो। स्कूल कलेजमा सधै लास्ट बेन्चमा बस्ने बानी आफूलाई लास्ट बेन्च नै प्यारो.. केही छैन यस्ता मु* फस्ट बेन्चमा बसेर यस्ता जाँ* परिक्षा त कती दिइयो कती यो पनि दिइन्च मनमनै भन्दै आफ्नो सिटमा गएर बसे।

घण्टी बज्यो प्रश्न पत्र बाँड्न सुरु भयो, त्यो बेलासम्म म फस्ट बेन्चमा परे भनेर दु:खी हुनुमै ब्यस्त रैचु क्यारे सिट पाट्नरको वास्तै भएन। खै त मेरो सिट पाट्नर? मर्यो कि क्या हो? कोइसन बाँड्न थालिसक्यो अझै मुन्ट्या छैन त। :/ लगभग दश मिन्ट जादा सम्म आएको थिएन, म चै आफ्नो उत्तर पुस्तिकामा उत्तर लेख्न ब्यस्त हुन थाले। “may i come in sir?” ढोकाबाट एउटा मधुर आवाज आयो। सबै जनाले ढोकातिर हेर्यो मेरो आँखा पनि ढोकातिरै गईसकेको थियो। ढोकामा एउटी केटी उभिएकी थिई। छुदा पनि दाग लाग्ने जस्ती, सेतो सर्ट र खैयो स्कर्टमा उभिएकी उ सिम्पल तर एकै नजरमा मन चुँडाई लानेखालकी थीइ पुरै लभ याट फस्ट साइट गराउने खालकी थिइ। सिम्बोल नम्बर खोज्दै मेरै छेउको सिटमा आएर बसी। यताउती हेरेको कतिपय केटाहरु मेरै बेन्च तिर आँखा तन्काइ रहेका थिए.. आहा लट्री लाग्यो मलाई त भन्या जस्तो पाट्नर जो पाएँ….मनमनै भगवानलाई धन्यावात गरे SLC को जस्तो सिट पाट्नर नपार्दिएकोमा, SLC ताका त एस्ती केटी परेकी थीइ की कुरै नगरौ, नरामी भएनी जन्ने भएत हुन्थ्यो नी, छिनछिनमा यो सिकाइदेउ त्यो सिकाइदेउ भनेर धुरुक्कै परेकी थिई। कैरे छाती तीर हात हालेर लामो कागज निकाल्थी त कैले फरक भित्र हात घुसारेर अर्को कागझ निकाल्थी मलाई नै औडा पार्दिन्थी, त्याँ सम्म त ठिकै थियो मोरीले तिघ्राभरी लेखेर ल्याएकी रैछे, फरक माथी सारेर पुरै ताघ्रा देगाएर लेख्न थाली मलाई पो लाज लाग्या थ्यो…. धन्ध एसपाली चै राम्री केटी पर्यो तिघ्रै देखाएनी हेरीरहुँ जस्तो लाग्ने :P

मोरीसंग बोल्न मन थियो तर आँट थिएन परिक्षा हल भित्र बोल्न पनि भएन नी डिस्टर्भ होला, अली अली गुनगुन गर्या आवाज आयोकी गार्डले बलढ्याङ्ग्रा जत्रो आँखा पारेर खाँउला झै गरी घुरेर हेथ्यो। दुई घण्टाको घण्टी लाग्दा मैले लगभग सबै प्रश्नको उत्तर लेखी सकेको थिए। कतिपय परिक्षार्थीहरु त निक्लेर गई सकेका थिए। बच्चैदेखि बोर्डीङ स्कूलमा पढेको भएर होला अंग्रेजी मलाई सजिलै लाग्छ। % बढाउने बिषयको रुमा लिन्छु म अंग्रेजी बिषयलाई तर फिजिक्स र म्याथले चै दाँतबाट पसिना निकाल्थ्यो। मोरी आफ्नै सुरमा कपीमा टेक्नोटिप डटपेन डौडाइरहेकी थाई म भने आफ्नो कपी चेक गर्या जसरी छड्के नजरले मोरीलाई नियाल्दै थाए। मोरीको हट एण्ड सेक्सी ज्यान आँङै सिरिङ्ङ गराउने खालको थियो…..ति पोटीला गाला हिमाली भेगमा फलीरहेको ताजा स्याउका दाना जस्ता थिए, कर्याप्प टोकिहालुँ जस्तो, ओठ फेरी उस्तैक, रसले भरिएको ज्यामिरको केस्रा जस्तो मुखमा पानि निकाल्दीने, ओठमा भरिएको रस पान गरिहालु जस्तो लाग्ने। सिरिक्क मिलेको आँखी भौँ, अँधेरी रातमा चम्किधे तारा जस्ता ती आँखाहरु, गैरो लाम्चो मुहारको बिचमा रहेको त्यो सानो नाक, कैलो कैलो वर्णको घोडाको पुच्छर जस्तो कपाल, यस्तो लाग्छ मोरी संसारकै सबैभन्दा राम्री केटी हो। पुरै 32 गुणले सुसम्पन्न भएकी सुन्दरताकी खानी… जोसुकैको नजर उमाथि परेपछि हटाउन नसकिने खालकी थिई। म उस्को सुन्दरतामा निकै बेर हराएछु क्यार मोरी अस्जिलो माने झै गर्दै आफ्नो प्रश्न पत्र ओल्टाई पल्टाई गर्न थाली। के आएन? सोधुँ? बर्ता जान्ने किन हुनु? उस्को परिक्षामा भएको एकाग्रता किन भंग गरिदिनु? अँह सोधिन…. एकै छिनमा 2:45 मिनटको घण्टी बज्यो मोरी झन बेतोडले कलम डोडाउन थाली। हेण्ड राईटिङ पनि राम्रो रहेछ, हरफमा सर्लक्क हार मिलेर बसेको, एकै तिर ढल्केको, हेण्ड राइटिङलेनै मान्छे समार्ट छ जस्तो लाग्ने। एकछिन पछि लामो सास फेरेर पटट औँला पड्काउदै कपी पल्टाएर जुरुक्क उठी अनी मलाई वास्तै नगरी आफ्नो बाटो लागी। लगभग 2 घण्टा 45 मिनट जती संगै एउटै बेन्चमा बसियो मोरी कस्ती टिमुर्केकी रैछे झै लाग्यो, वास्तै पो गरिन त तर उल्लाई के मत्लब? सबै केटी राम्री हुदैनन् राम्री जती हाम्री हुदेनन् भन्थे होला सायद, मोरीलाई पनि कुन चै भुस्तिघ्रेले बुकिङ गरिसकेको हुन पर्छ…

बाहिर निस्केर एताउती हेरे, मोरीलाई देखिन, बाटोमा फर्किने बेला पनि मोरीको त्यो मन मोहक तस्विर आँखामा नाच्न आई रह्यो। राती सपनीमा पनि संगै बेन्चमा बस्न आई..

क्रमस….

https://d19tqk5t6qcjac.cloudfront.net/i/412.html

दशै कि दस्सा ?

२०५९ सालको दसैं दैलैमा आएर ढोका ढक्ढकाउना थली सकेको थियो, गाउँका सबै जना किनमेल गर्न सदर्मुकाम धाउन थलिसकेका थिए। नयाँ लुगा, मासु र भात्, टिका, पैसा (दक्षिना), पिङ इत्यादी के अनी कस्तो होला उत्साहित थिए। जिबाले भन्नुभो “के गाँठे, सुन जस्तो छ कपडा त, किनी सद्धै छैन” दादालाई र मलाई एक एक जोर सर्ट र पाइट किनेर ल्याइदिनुभा रैछ, भोली पल्ट गाउँकै दमैलाई घरमै बोलाएर पिडिमा कपडा सिलाउन लगाइयो, “सानो बाउसाब्, यता आइबक्स्योस् त हजुर, कपडा नाप्न पर्‍यो” दमै दाईको बोलिमा छुटै मिठस् थियो ।

दशै सुरु भयो, ब्यनै नौ बजेतिर मख्लो गाउँको दमै दाई ट्यम्को (पञ्चे बाजामा पर्ने एउटा बाजा) बजाउदै गाउँ भरीको घर डुल्थ्यो आनी पछी सबैको घरबाट खसिको पुच्छर लिएर जन्थ्यो, त्यस्तै खसिको करङ्, ह्यक्लो पनि लिन आउथ्यो आन्या सना जतिहरु। जिबा जिमा जातभातको र धर्मको मामिलामा निकै सचेत, सचेत के भन्नु आन्धबिस्वासी हुनुहुन्थ्यो, सानो जातले छोएको भाँडाकुँडा घाम्मा सुकएर सुन पानी छर्केर आझै कैले त आगोको कोइला झ्वँइय पारेर मात्र घर भित्र छिराउनु हुन्थ्यो, किन त्यसो गरेको भनेर सोध्यो भने त्यस्तै गर्न पर्छ तिमीहरु पनि त्यस्तै गर्नु भन्नु हुन्थ्यो। घर भित्रको भन्चामा कुखुरा पाकेको कैल्यै थाहा भएन, आन्डा पनि पकाउन दिनु हुन्थेन, कैले कै पूजा गरेको कुखुरा पकाउन बहिर आँगनमा चुलो ढुङो लगाउन पर्ने हुन्थ्यो। जिबा भन्नु हुन्थ्यो ” तिमीहरुले ब्रतबन्ध गरे पछी कुखुरा खान त परै जओस छुन सम्मा हुँदैन ।” आफुलाई कुखुरा को मासु पर्लै मन पर्ने, ब्रतबन्धा गरेपछि खान पैदैन भनेर चिन्ता लाग्थ्यो, कुखुरा धरि नपक्ने भन्चामा राँगो, सुँङुर्, जाँड्, रक्सी बन्ने त कुरै आएन ………..

सप्तमीको दिन बर्सै पिच्छे भागवतिको मन्दिरमा निम पूजा गरिन्छ, पूजा गर्दा कुखुरा, परेवा, बोका आदिको बली दिइन्छ। बिहानै उठेर जिमाले ठिक्का पर्नु भएको फुलपति अक्षेता त भेटी बहिर निक्लियो आनी भले समत्न थल्थिम्, कैले कै त एक दुई घण्टा सम्मा भले समत्न सकिदैन थियो, खल् खाली पसिना निकाल्देर नुहाएको जस्तै बनाइदिन्थ्यो बज्याँ भालेले। जिमाले बिहानै खोर बाट निकालेर डोको ले थुन्दिनुभा रैछ त्यो पली चै, बज्याँ डोको भित्रैबाट कुखुरिलाई जिस्काउदै थियो, च्याप्प समातेर खुट्टा धोइदिए, जुइनले (खुट्टा बन्न प्रयोग हुने डोरी) ट्यप्प खुट्टा बाँधेर काखी च्याप्दै लागियो भले पूजा गर्न। लग्भग सबै गाउँले एक न एक चिज पूजा गर्थे त्यो मन्दिरमा, मख्लो घरको प्रकाश पनि परेवा पूजा गर्न जान ठीक्क पर्या रैछ “ओइ मु* विर्चन (विरोचन) तँ जने हो तल बाट ?” ‘अँ म त हिंडेको जाऔं हिड्’ साईनोले त काका भन्न पर्च तर उमेरमा म भन्दा मात्र एक महिना जेठो थियो, त्यस्माथि सनैदेखिको संगत कल्ले हजुर भनेर गजुर लाई राखोसा, कतिचोटि त कुटियो पनि जाँ* काका भनौदोलाई 😛 घर बाट उकालो लगेउ, लग्भग एक घण्टा हिंडेपछी मन्दिर मा पुगिन्थ्यो, गफ गर्दै जादा एउटा परेवा पेरुङ्गोबाट फुत्त भुइमा झर्यो समत्न खोजेको भुर्‍अ उड्यो, लौ फर्साद् ……….. “ओइ मु* आइजो न खोज्न जम् ” प्रकाशले भन्यो, भालेलाई र अक्षेता त्यै थपक्क रखेर अलि परसम्मा गयौ, परेवा भर्खर उड्न सिक्दै रैछ फेला पारेम टंके (प्रकाशको आर्को नाउँ, गाली गर्दा बद्ता प्रयोग हुन्थ्यो) मुर्दार्को थोत्रो पेरुङ्गोले दुख दियो । बेलुकी घरमा महिला अंकला, आन्टी र दुईटा भैहरु आइपुग्नुभा रहेछ एउटा भले अगनमा पकाएर खइयो , अंकल्ले लुगा, जुत्ता ल्याइदिनुभा रहेछ लगाएर देखाए ठिक्क भयो “खै त हेरुम् ? ल लाहुरे भाई हलिस् नि” जिबाले भन्नु भो मलाई लाज लाग्यो, नयाँ लुगाको त बस्नै मिठो……………………….

भोली पल्ट अष्टमी, खसी हुनेहरुको घरमा खसी कतिन्थ्यो ब्यनै आएर दमै दाई ट्याम्को बजाएर गै सक्या थियो, दादा ट्वाइलेट काँ छ?” भाई ले सोध्यो “याँ ट्वाइलेट छैन भाई उँ पर गल्ली तिर जा” मैले भने सदर्मुकाम बाट खासै टाढा नभए पनि हाम्रो गाउँ निकै पिछडिएको थियो, घरमा ट्वाइलेट थिएन झारलाइ समतेर ट्वाइलेट गरेर झारलेनै पुच्छ्नु पर्ने हुन्थ्यो, धारो थिएन एक गाग्री पानी लिन पाँच मिनेटको बाटो हिंड्न पर्नी थियो, रोडा र बिजुली बत्तिको त कुरै नगरौ। मैले गाउँ छोडी सके पछी गाउँ मा गोबर ग्यस्, चर्पी, खाने पानी आयोजनाहरु आएछ, रोड र बिजुली बत्ती पनि आएछ, सुन्या थें रोड खान्न आउने डोजर चालक लाई देउतै जस्तो गरेर गाउँलेले घरमा बोलाएर कुखुरा, बोका, दाई, दुध्, घिउ, फलफुल आदि खुवौथ्यो रे ।रोड गयो पछी निकै सजिलो भयो, गाडी नचले पनि बाइक घरमै पुग्थ्यो, हिंडेर दुई घण्टा लग्ने बाटो आब एक घण्टा मात्र लग्ने भयो, बिजुली बत्ती आको दिन गाउँका कोइपनि सुतेनन् रे, रातभरी क्यसेट प्लेअर बाजएर नाचे अरे……. घर घरको ब्यट्री बाट चल्ने थोत्रो रेडियोको ठाउँ LCD र LED टिभिले ओगटे छ, गाउँ जादा कुनै कुनै घरको छानोतिर डिस्क होमको एन्टीना पनि देखियो, खुशी लाग्यो गाउँ बिकसित भएछ………….

हाम्रो घरमा ब्यन नास्ता गारेर सबैजना काम्मा जने गर्थे, खाना दिउसो एक दुई बजेटैर मात्र हुन्थ्यो, त्यो दिन झन ढिलो भयो, खसी काटियो, ड्यम्मै ३५ किलो भयो खसी त,घरमै पलेको खसी मोतो रैछ, अंकल खसी को मासु लरा जस्तै पारेर अगेनो मस्तिर झुन्ड्याउदै हुनुहुन्थ्यो सुकुटी बनाउन। खसी मार हान्ने र कट्न खुइल्याउन सघाउनेहारु बहिर खाटमा तमाखु खाँदै तास खेल्दै गफ गर्दै थिए। रक्ति(रगता) मासु चिउरा सबैलाई बाँडियो, कति जना अरुको घरमा पनि खसी छिनाल्दिन लागे कति चै तास् खेल्दै बसे। खान खाएर एकछिन खाटमा पल्टेको निदाएछु उठ्दा दिउसोको चार जती बज्य थियो होल….. डाँडामा पिंङ मच्चाउदै चारर भन्या सुनिन्थ्यो, गाउँका साथीहरु त्यतै होला भन्ठानेर त्यतै जाने बिचार गरे, लुगा लगाएर जान ठीक्क पर्दा भाई म पनि जान्छु भन्न थल्यो, मलाई संगै लानै मन थिएन के के वहाँना बनाएर म एक्लै हिंडे। आउँदा ढिलो हुन्थ्यो, पिङ खेलेर, तास् खेल्य हेरेर समय बितेको पत्तो पाउने थिएन, साँझा परे पछी मादल बजाएर नाच गान हुन्थ्यो, झ्याउरे र लोकदोरी गाउथे ठुलो दादा दिदी अनि अंकलहरु……………… पिङ डाँडामा हाल्थ्यो लगभग घर बाट दश मिनट पर्,त्यो पली त दुईटा पिङ हाल्या थियो, एउटा लिङ्गे पिङ अर्को चै काठको रोअटे पिङ, त्यो रोअटे पिङ खसै कतै हल्दैन थियो, गाउँका दादा र अंकलहरुले महिनौ अगिदेखि रुख काटेर सिकर्मिको काम पनि आफै गरेर ८ पिर्के पिङ हाल्या थ्यो त्यो पालिको दशैमा। पिङ जडान गर्ने बेलामा खुब रमाइलो भएको थियो । फिरपाता, गुरुपाता, पिर्का, खाँमा के के हो के के त्यो पिङको पाट पुर्जाको नाउँ पनि – वास्तवमा भन्नु पर्दा त्यस्तो पिङ मैले कैल्यै देखेको थिन तर एकैचोटि अफ्नै गाउँमा पिङ खेल्न पाउद खुशी लाग्या थ्यो। चिप्ले भेडिको हरियो बोट हालेर घुमायोपछी पिङ त फुनुनु घुम्थ्यो चाडने मान्छेहरुको मुख नै रातो पिरो हुन्थ्यो, कोइ कोइले त झन डाराएर मुतनै उम्काउथ्यो, हाम्रो गाउँ मा त्यो पिङ हालेको खबारा ओल्लो पल्लो गाउलेले पनि पाएछ। टिकाको दिन धेरै जना पिङ खेल्न आका थिए अरे …………..

म पिङमा पिर्के पिङ पुगे मलाई देखेर एउटा साथीले भन्यो “ओइ विर्चन (विरोचन ) आइजो न पिङ हल्लाई दे” एउटा ज्ञानी बच्चाले भन्या मान्या जसरी म लुरुक्क परेर पिङ हल्लाउन थले, पिर्का तान्दै पिङ घुमाउदै थियौ तर एक चोटि पिर्का तानेर हात छोड्नै बिर्सेंछु, एकै छिनमा के भयो थाहा नै भएन, म त पिर्का समातेर झुन्डिदै पिङ्को धुरिमा पो पुगी सकेछु, हठात आँत्तिएर हात छोड्न पुगेछु, डन्डी र अरु पिर्का मा ठोक्किदै एकैचोटि भुइ मा धुलो चाट्न आइपुगेछु ……………. बस एकैचोटि अँध्यारो भयो, म भुइ मा नराम्ररी बजार्रिएको थिए, कनमा सन्नटा छायो, आँखले केही देखिन्, एकचोटी झिलिक्क आगो बल्या झै भाको थियो, तारा देख्या झै लाग्य थ्यो त्यसपछी पुरै अन्धकार, आफ्नै मुटु भट्याक भट्याक गर्या मात्र सुन्थे। पिङ हल्या ठाउ भन्दा अलि तल एउटाघर थियो, एउटा साथी कुद्दै पानी लिन गएछ्, मेरो ममी बारीबाट आएर घाँसको भरी बिसाएर त्यै घरमा थकाई मार्न पस्नु भएको अहेछ। विर्चन पिङ बाट लड्यो, गाउँ भरी हल्ला फैलियो, ममी रुदै डौडिदै अउनु भएछ म इन्तु न चिन्तु भुइमा लडिरहेको थिए, मेरो मुखमा पानी छर्क्यो पछी मलाई होस् आयो, साथीहरु गोलो घेरा बनाएर तातो आलु खेल्या झै मलाई घेरेर बसेका थिए अनि मेरो ममी रुदै हुनुहुन्थ्यो “बाबु, मेरो राजा के दस्शा आइ लाग्यो बा तलाइ यो ” असैय पिडा भाई रहेको थियो, सास फेर्न गाह्रो भाई रहेको थियो,अँखाबाट आँशु खसे तर रुन सकिन । बारीबाट थकेर आउनुभएको ममीले घाँसको भरी बोक्ने कि मलाई? कोइ नभैद्या भए त घाँसको भरी भिरबाट गुल्ट्याइदेर मलाई बुईमा बोकेर घर ल्याउनु हुन्थ्यो होला तर त्यसो गर्न परेन, त्यै पनि ल्याएको घरमा एउटा दादा हुनुहुन्छ “मदन्” मलाई उठएर बोकेर घर कुदाउनु भयो, घर पुराएर मलाई बहिरको खटमा सुताइयो, घरका सबै जना आत्तिए, अंकल आएर हेर्नु भयो। मेरो दुबै हात सुन्निएका थिए, अंकल भन्दै हुनुहुन्थ्यो “हात भाँच्चिएछ क्यर् ……………. ” अंकलले बाँस कटेर दुबै हातमा मिलाएर बाँधिदिनु भयो। रात पर्न लागि सकेको थियो, सदर्मुकामको हस्पिटल जन भ्याइदैन थियो। म निदाएछु……………. राती बिउँझिदा ममी मेरै नजिकै बसिरनु भएको रहेछ, मलाई मेरो आफ्नै खटमा ल्याइ सकेको रहेछ, ज्यान तातिएर आगोको भुक्रा जस्तो तातो भएको थियो, ममी रुमाल भिजाउदै मेरो निधरमा रख्दै गर्दै हुनुहुन्थ्यो। हात टनक टनक गर्दै एक तमासले दुखिरहेको थियो। प्रत्यक पतक मुटुले रगत पम्प गर्दा दुखाइ सहन्थे म, त्यसपछि म रातभरी सुतिन अनि ममीलाइ पनि सुत्न दिइन।

भोलिपल्ट नवमीको दिन बिहन खाना खाएर अंकल र म सदर्मुकामको हस्पिटल तिर हिड्यौ, हस्पिटल पुगेर याक्स रे (X-ray) गरेर हेरियो, , डाक्टर साबले हातमा सेतो प्लास्टर गरिदिनु भयो त्यसपछि त मेरो हात उचाल्नै नसकिने जस्तो गरुङ्गो पो भयो। “बिचर दशैको बेलामा दुबै हात भाचिएछ” देख्ने मन्छेहरु भन्ने गर्थे। दशैभन्दा अगि अगि द्स्शा हिड्छ रे, चङ्गा उडाउदा उडाउदै कौसी बाट खसेर बच्चाहरुको मृत्यु भएको कुरो कैले कै समाचारमा सुनिन्थ्यो। भाबिले मेरो निधर मा चै हात भाँच्न लेखेको रैछ क्यार, हुने लाई कल्ले टाल्न सक्छ र? आखिर जे हुनु छ त्यो भएरै छाड्छ। हात प्लास्टर गरेर घर फर्कियौ, त्यो चर्को घाममा उकालो बाटो हिंडेर थकेका थियौ, बाटोमै एउटा बहुन गाउँ पर्छ्, एउटा चिनेको घरामा छिर्यौ, बहुनि बजैले ब्यनै पारेको भैसीको ताजा मही ल्याएर दिनुभयो। त्यो घम अनि गर्मिमा प्राणनै जला जस्तो भैरहेको बेलाँ चिसो मही अमृत जस्तै थियो हम्रो लगि…….. म त्या एकैछिन् निदाएछु, हात दुखीनै रहेको थियो। अंकल गफ गर्दै हुनुहुदो रहेछ, म बिउझेपछि त्या बाट हिडेउ। म पिङ् हाल्या ठाउँनेर आइ पुग्या थिए , बिपरित दिशाबाट गाउँकै एउटा जिबाले गोरु चराउन ल्याउदै हुनुहुदो रहेछ, एउटा हन्ने गोरु आएर सिङ्ले मेरो भर्खरै गरेको प्लास्टरमा हान्यो, म लडेर उत्तानो परे, अंकल अलि पछि हुनुहुन्थ्यो जिबा आएर एक् लठ्ठी बन्नाएर ढाडमा दिनु भयो, गोरु बुर्कुसी मार्दै कुद्यो। जो होचो उस्कै मुखमा घोचो भनेझै यत्रो संसारमा त्यो गोरुले हान्न मै पिडित् लाइ देखेछ। अलिकति प्लास्टर नै चर्केने गरि हनेछ हन्न पनि। उठ्न खोजे अँह सकिन, दुबै हात कम नलग्ने जो भएको थियो, जिबा आएर उठाइदिनु भयो । साथी हरु भन्थे अब तेरो प्लाटरमा सेतो पुच्छर उम्रेको जिम्रा पर्छ…………..। मासु भने पछी मरिहत्ते गर्ने म त्यो पाली अफ्नै हातले राम्ररी मासु खान पाइन, ममीले खुवाइदिनु हुन्थ्यो, मलाइ लाग्छ सारा संसारमा मेरो जस्तो ममी त कसैको छैन होल, मेरो लगि ममीले धेरै कष्ट झेल्नु भएको छ। म् ममीको ॠणी हुँ, यो जुनिमा त ऋण तिरी सक्तिन होला………….. म घरमै सुतेर बस्थे, त्यो बेला रडियोमा गीत बजिरहेको थियो…………..

दैब तेरो मायाको खेलाले

आज मेरो यो गती पर्दियो…………..

https://d19tqk5t6qcjac.cloudfront.net/i/412.html